काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड दैनिक चार घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जानकारी दिएको छ ।
मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम छिटो छरितो रुपमा गर्न १० दिनसम्म दिनको ४ घण्टा बन्द गर्ने निर्णय भएको आइतबार एक सूचना जारी गर्दै तनहुँ प्रशासनले जानकारी दिएको हो ।
राजमार्ग विस्तारका क्रममा ठुलो मात्रामा ब्लक कटिङको कार्य गर्नुपर्ने भएकाले मनसुन सुरु हुनु अगावै कटिङको काम सम्पन्न गर्ने आवश्यक बन्दोबस्त मिलाउन प्रशासनले योजनालाई अनुरोध समेत गरेको जनाएको छ ।
पुथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । अहिले सडकको भित्तो काट्ने , रिटेन्सन पर्खाल लगाउने, नाली , पुलहरू र डाइभर्सन बनाउने लगायतका कामहरु भइरहेको छ
तनहुँ क्षेत्रमा ८० किलोमिटर सडक खण्डलाई आँबुखैरनी–जामुने (४१ किलोमिटर) र जामुने -पोखरा (३९ किलोमिटर) दुई भागमा बाँडेर निर्माण कार्य भइरहेको छ ।
।
Comments are closed.