टेक्सास र जिविएसको आयोजनामा रोवोटिक्स प्रतियोगिता हुने

काठमाडौं । टेक्सास कलेज र जिविएस टिमको आयोजना एफभिपि ग्राउण्ड रेस रोवोटिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगिता शनिबार टेक्सास कलेजमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा १५ टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको विषय Surveillance and Rescue ‘निगरानी र उद्धार’ रहेको छ ।

नेपालमा बलियो प्रविधी र अटोमेसनलाई साना स्तरतबाट सूरुगरि ठुलोस्तरमा ल्याउन सवैको ध्यान केन्द्रित हुनुपर्ने बताइएको छ । प्रतियोतिाको मूख्य उदेश्य भनेको रोबोटले कसरी त्रुटीरहित तरिकाले काम गर्नसक्छ भन्ने सन्देश प्रवाह गर्नु हो ।

ग्राउण्ड रेस रोवोटिक्स प्रतियोगिता निगरानी र उद्धार अभियान नेपालमा नै पहिलोपटक हुन लागेको बताइएको छ । सामूहिक सिकाईलाई प्राथमिकता दिएर प्रतियोगिताको आयोजना गरिएको हो जहाँ प्राविधिक क्षमता र रोबोटिक्सका वारेमा ज्ञान तथा अनुभव आदान प्रदान पनि हुन्छ । प्रतियोगिताको बिषय FPV क्यामेरा प्रयोग गरी निगरानी र पीडितको पहिचान पछि खाना र औषधी उपलब्ध गराउने रहेको छ ।

पैदल हिडेर जान नसकिने स्थानमा पनि रोबोट पुग्न सक्छ जसकोे कारण क्षतीको प्रकृति र गम्भिरता अध्ययन गर्न सहज हुन्छ । यस प्रतियतेगिताको लागि रोबोटहरुले विभिन्न भु भागहरु र कठिनाईहरु जस्तै ग्राभेल सडक, बलौटे बाटो, पानी, सुरुङ, आदि पार गर्न सक्षम हुनुपर्छ । प्रतियोगिता सम्पूर्ण सहभागीका लागि सिकाईको उत्कृष्ट माध्यम बन्ने र नविन सोचको विकास गर्ने स्थान बन्ने आयोजकको विश्वास छ ।

प्रतियोगितामा बिजेता हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उप बिजेता हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिजेता र उप बिजेता बाहेक सहभागी अन्य टोलीले रिडेम्सनको मौका पाउने र ५ हजार रुपैयाँ जित्न सक्नेछन् । सहभागी सम्पूर्ण टिमलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ ।

सह आयोजक रहेको टेक्सास इन्टरनेशनल कलेज अध्ययनको लागि उत्कृष्ट गन्तव्य बन्न सफल छ जहाँ प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुनको पढाई हुन्छ भने स्नातक तहमा बिएस्सी, सिएसआइटी, बिबिएिम, बिबिएस, बिएसडब्लु, बिसिए र स्नातकोत्तरमा एमबिएसको पढाई हुन्छ ।

इन्जिनियर गणेश बिक्रमसिंह आले र यज्ञप्रसाद देवकोटाद्वारा स्थापित उर्जावान, गतिशिल र प्राविधिक उत्साही युवाहरुको समूह हो । टोलीले नेपालमा नै बम डिस्फोजल रोवोट बनाई नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जिविएस टिमका फाउण्डर यज्ञप्रसाद देवकोटा, टेक्सास कलेजका भाइस प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठ, कलेजका आइटी हेड सुमन थपलिया लगायतले प्रतियोगिताका वारेमा जानकारी गराएका थिए ।

You might also like

Comments are closed.