नेपालमा पहिलो ‘आयरन बट च्यालेन्ज’ प्रयास, दुई राइडरले गरे सुरुवात

काठमाडौं । नेपालमा पहिलोपटक विश्वप्रसिद्ध  इन्ड्युरेन्स राइडमध्ये एक, ‘आयरन बट च्यालेन्ज – स्याडलसोर १०००’ मा आधिकारिक प्रयास गर्दै राइडर प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले सिएफमोटो ४५०एमटी र ४५०एनके मोटरसाइकलमा २४ घण्टाभित्र १००० माइल (१६०९ किमी) यात्रा पूरा गर्ने लक्ष्यसहित ऐतिहासिक सहनशीलता यात्राको सुरुवात गरेका छन् ।

यो साहसिक प्रयासलाई नेपालको चुनौतीपूर्ण भौगोलिक भूभागमा विश्वप्रसिद्ध एन्डुरेन्स च्यालेन्ज ल्याउने पहिलो कदमको रूपमा हेरिएको छ। उच्च योजना र उत्साहका साथ यात्रा शुरू गरे पनि अस्थिर मौसम, कठिन भू–भाग र बिग्रँदो सडक अवस्थाका कारण सुरक्षा प्राथमिकता दिंदै दुवैले यात्रा बीचमै रोक्ने निर्णय गरे ।

यद्यपि लक्ष्य अधूरो रहे पनि यसले नेपाललाई अन्तर्राष्ट्रिय एन्डुरेन्स मोटरसाइकलिङ कम्युनिटी मा प्रवेश गराउने ऐतिहासिक सुरुवात गरेको र coming days मा Nepal लाई endurance map मा स्थापित गर्ने विश्वास दुवैले व्यक्त गरे ।

“नेपालसँग एन्डुरेन्स र एडभेन्चर मोटरसाइकलिङका लागि आवश्यक भू–भाग, उत्साह र साहस छ, हामी विश्वलाई यो देखाउन चाहन्छौं,” प्रमोद श्रेष्ठले भने, भने स्वप्न प्रधानले “हामीले हासिल गरेको प्रत्येक किलोमिटरले नेपाली राइडरहरूको क्षमता प्रमाणित गर्‍यो, यो प्रयास अधुरो भए पनि अझ ठूलो यात्राको सुरुवात हो,” प्रतिक्रिया दिए ।

एडभेन्चरका लागि तयार सिएफमोटो ४५०एमटी ले नेपालका विविध भू–भागमा स्थिरता र आरामदायी राइडिङ अनुभव दिएको र सिटी–परफर्मेन्स बाइक ४५०एनके ले समेत लामो हाईवे राइडमा उत्कृष्ट प्रदर्शन गरेको उनीहरूले बताए। श्रेष्ठ र प्रधानको यो प्रयासलाई सिएफमोटो नेपाल, लोकोमो नेपाल, लिक्वी मोली नेपाल र पेट्रोनास स्प्रिन्टा नेपालले आधिकारिक सहयोग प्रदान गरेका थिए ।

You might also like

Comments are closed.