काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन् । शुक्रबार एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले न्यौपानेलाई सम्मान प्रदान गरेकी हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको थियो । त्यतिबेला कोरोना महामारीको प्रकोप रहेकाले शुक्रबार सम्मान प्रदान गरिएको हो ।
राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट न्यौपानेलाई उक्त विभूषण प्रदान गरिएको हो ।
साथै, सोही विशेष समारोहबीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी छिन् । प्रमुख कार्यकारी अधिकृत न्यौपाने र सहायक महाप्रबन्धक खड्कालाई सम्पूर्ण बैंक परिवारका तर्फबाट बधाई ज्ञापन गरिएको नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिए ।
Comments are closed.