काठमाडौं । रोट्र्याक्ट क्लब अफ रुद्रमतीको २१औं अध्यक्षीय पदस्थापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। रोटरी वर्ष २०२५र२६ का लागि क्लबको अध्यक्षमा रोट्र्याक्टर राजु शर्मा पदस्थापित भएका छन । भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा क्लबको नवनिर्वाचित अध्यक्ष रोट्र्याक्टर राजु शर्माले औपचारिक रूपमा अध्यक्ष पदको कार्यभार सम्हालेका हुन् । उनले आफ्नो मन्तव्यमा युवाहरूलाई नेतृत्वमा ल्याउँदै सामाजिक रूपान्तरण र व्यावसायिक विकासमा क्लबले उल्लेखनीय काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा क्लबका रोट्र्याक्टर सन्दीप पंगेनीले आफ्नो कार्यकालको अनुभव प्रस्तुत गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे। उनले अघिल्लो वर्षको सफल कार्यक्रमहरू र गतिविधिहरूको संक्षिप्त समीक्षा गर्दै अध्यक्ष राजु शर्मासहितको नयाँ टोलीलाई आगामी वर्षका लागि मार्गदर्शन र समर्थन गर्ने बताए ।
समारोहमा मुख्य अतिथिको रूपमा रोटरी क्लब अफ रुद्रमती (प्यारेन्ट क्लब) का अध्यक्ष रोटेरियन नरेनद्र अयर, त्यसैगरी, विशेष अतिथिको रूपमा रोटरी जिल्ला ३२९२ का रोट्र्याक्ट जिल्ला समिति अध्यक्ष रोटेरियन किशोर त्रिपाठी, रोट्र्याक्टर अर्जुन खड्का र रोट्र्याक्टर कृतिका दाहालको उपस्थिति रहको थियो र रोटरी क्लबका प्रतिनिधिहरू, जिल्ला प्रतिनिधि, क्लब सल्लाहकार, पूर्व अध्यक्षहरू, अन्य क्लबका प्रतिनिधिहरू, र जिल्ला ३२९२ अन्तर्गतका विभिन्न रोट्र्याक्ट क्लबका पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो ।
कार्यक्रमको संचालन आकर्षक रूपमा रोट्र्याक्टर बिमल पाण्डे र रोट्र्याक्टर सफल कार्की क्षेत्रीलेगरेका थिए भने विशेष सिलवालले स्वागत मन्तव्य र हेमन्त ओलीले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रमको सुरुवात राष्ट्रिय गान बाट गरिएको थियो, त्यसपश्चात दीप प्रज्वलन, स्वागत मन्तव्य, क्लब प्रतिवेदन प्रस्तुति, सम्बोधनहरू, सम्मान तथा कदर पत्र वितरण, नयाँ कार्यसमिति घोषणा, र अन्तमा रोट्र्याक्ट सौहार्दता सन्देश मार्फत कार्यक्रम समापन गरिएको थियो।
नयाँ अध्यक्ष रोट्र्याक्टर राजु शर्मा पोखरा विश्वविद्यालय अन्तर्गत अध्ययनरत हुन् उनी २०२१ देखि क्लबमा सक्रिय रूपमा आबद्ध रहँदै आएका छन् र विगतमा सामाजिक सञ्जाल को–चेयर, प्रोफेशनल डेभलपमेन्ट चेयर, सार्जेन्ट–एट–आर्म्स जस्ता जिम्मेवारीहरू प्रभावकारी रूपमा सम्हाल्दै आएका छन। रोट्र्याक्ट क्लब अफ रुद्रमतीले आगामी दिनमा पनि सामाजिक सेवा, युवा सशक्तिकरण, र पेशागत विकासमा केन्द्रित भई प्रभावशाली कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको छ ।
Comments are closed.