काठमाडौं । रोटरी क्लब अफ कपनले आइतबार आफ्नो चार्टर डे तथा स्थापना दिवस स्वयम्भूस्थित क्वालिटी दरबार ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष प्रलाद दाहालले गरेका थिए भने प्रमुख अतिथि रोटरी डिष्टृकका निवर्तमान गभर्नर राजेन्द्रमान शेरचन रहेका थिए । विशेष अतिथि आगामी वर्ष २०२६र२७ का गभर्नर विष्णु बहादुर कार्की, साथै डिष्टृकका सचीव, एजी, क्लब सल्लाहकार मनोज कँडेल, र क्लबका पूर्व अध्यक्षहरू कार्यक्रमका सम्मानित उपस्थितिमा रहेका थिए ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू, स्थानीय समुदायका प्रतिनिधि तथा अतिथिहरूको उपस्थिति उल्लेखनीय थियो । क्लबले यस वर्ष आफ्नो ९औं वार्षिकोत्सव मनाउँदै १०औं वर्षमा प्रवेश गरेको अवसरमा सबै वक्ताहरूले शुभकामना व्यक्त गर्दै खुशी प्रकट गरेका थिए । प्रमुख अतिथि शेरचनले केक काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका निवर्तमान अध्यक्ष नियुक्ति शेर्पाले राख्दै क्लबको स्थापना देखि हालसम्मका उपलब्धिहरूको स्मरण गरे । उनले सदस्यहरू बीचको एकता र समर्पणकै कारण क्लब आजको सफलतामा पुगेको बताए ।
चार्टर अवरमा चार्टर सदस्य तथा पास्ट प्रेसिडेन्ट शिवहरी खनालले क्लबको प्रारम्भिक यात्रा, सामाजिक सेवामा सामना गर्नुपरेका चुनौतीहरू तथा भविष्यका योजनाहरू बारे अनुभव साझा गरे। उनले नयाँ पुस्तालाई सामाजिक सेवामा सक्रिय सहभागिताका लागि प्रेरित हुन आग्रह गरे ।
त्यस्तै क्लब एडभाइजर मनोज कँडेलले रोटरीको मूल मूल्य सेवा, मित्रता र मानवता भएको उल्लेख गर्दै क्लबले सामाजिक उत्तरदायित्व पूरा गर्ने कार्यमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए ।
विशेष अतिथि विष्णु बहादुर कार्कीले क्लबको सेवा भावना र टीम वर्कको प्रशंसा गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने परियोजनाहरू निरन्तर अघि बढाउन शुभकामना दिए ।
प्रमुख अतिथि राजेन्द्रमान शेरचनले रोटरीको विश्वव्यापी उद्देश्य र नेपालका क्लबहरूले पु–याइरहेको योगदानबारे चर्चा गर्दै भने, “रोटरीको बलियो पक्ष नै सेवा हो — जहाँ स्वार्थभन्दा माथि उठेर समाजका लागि केही गर्ने प्रेरणा बस्छ । रोटरी क्लब अफ कपनले निरन्तर उदाहरणीय कार्य गर्दै आएको छ ।”
कार्यक्रमका सभापति प्रलाद दाहालले अन्त्यमा सबै अतिथि, सदस्य, सहयोगी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै क्लबको आगामी योजना र प्रतिबद्धता साझा गरे। उनले भने, “हामी सामाजिक उत्तरदायित्वमा अझ प्रभावकारी योगदान पुर्याउन प्रतिबद्ध छौं । सेवा नै हाम्रो पहिचान हो ।”
पास्ट प्रेसिडेन्ट सुचिता काफ्लेले धन्यवाद मन्तव्य राख्दै सबैको सहयोग र सहभागिताका लागि आभार व्यक्त गरिन् ।
सो अवसरमा रोट्र्याक क्लब अफ कपनका अध्यक्ष बिभुषण गौतम, सचिव आर्या भट्टराई, समीक्षा अधिकारी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव दीपक चन्द्र गौतमले गरेका थिए ।




Comments are closed.