काठमाडौं । रोटरी क्लव अफ पाटन हेरिटेजले आयोजना गरेको सम्पदा पैदल यात्रा कार्यक्रम सम्पन्न भएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन, भाषा, कला र सँस्कृतिहरुको जर्गेना र प्रचार प्रसार तथा संरक्षण सम्वद्र्धन लागि “सम्पदा संरक्षणको लागि पैदल यात्रा” नारासहित भाइदेगः मन्दिर पुनः निर्माणको लागि सहयोग जुटाउनको लागि फागुन ६ गते शनिबार मंगलबजार देखि किर्तिपुरसम्मको १२ किमी सम्पदा पैदल यात्रा सम्पन्न भएकाे क्लवका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
उक्त पैदल यात्रा कार्यक्रम लतितपुरको मंगलबजार दरवार स्क्वारबाट सूरु गरी किर्तिपूर उमामहेश्वरमा गएर सम्पन भएको थियो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पर्यटन, संस्कृति तथा नगरिक उड्डेनमन्त्री सुदन किराँती र ललितपुर महानगपालिकाका नगर प्रमुख चिरीबाबुमहर्जनद्वारा सयुक्त रुपमा रिवन काटी यात्रा सुरु गरिएको थियो ।
कार्यक्रममा मन्त्री किराँतीले सम्पदाहरुको महत्वबारे प्रकाश पारी सम्पदाहरुको संरक्षणमा सदैव प्रतिबद्ध रहेको बताएका थिए । त्यस्तै, प्रमुख महर्जनले भाइदेग मन्दिरको बारे परिचय दिदै यस निर्माणधिन मन्दिरलाई सम्पन गर्न यही आर्थिक वर्षमा पनि केही बजेटको व्यवस्था गरिएको र निर्माण सम्पन्न गर्न आवश्यक अन्य सहयोग गर्ने समेत बताएका थिए ।
यस कार्यक्रमका संयोजक रोटरियन कृष्णलाल महर्जनले यस पैदल यात्रा गर्नुको उद्देश्य, यसको महत्व र कार्यक्रमको संक्षिप्त जानकारी दिदैँ हाम्रो सम्पदा हामी आफै बनाउँ भन्ने मुल नाराका साथ हाम्रो सम्पदा, हाम्रो पहिचान हाम्रो अस्तित्व र तीनको संरक्षण हाम्रो कर्तब्य हो भन्दै संरक्षणमा सबैलाई सहभागी हुन आह्वान गरेका थिए ।
रोटरी क्लवका अध्यक्ष गणेश कार्कीले कार्यक्रमका लागि सहयोग गरेको कुमारी बै र नेपाल टेलिकम लगायतका अन्य विभिन्न माध्यमबाट सहयोग पुराउने सम्पूण संस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिएका थिए ।
यात्राको क्रममा लिलितपुर र किर्तिपुरका विभिन्न वडाहरुले पदमार्गमा साँस्कृतिक बाजागाजाका साथ स्वागत गरेका थिए । समापन कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ किर्तिपुरका अध्यक्ष रोटरियन पुष्पराज अधिकारीले गरेका थिए ।
उक्त पदैल यात्रामा प्रमुख अतिथि पर्यटनमन्त्री किराँती, प्रेम महर्जन, तोसिमा कार्की, विराज भक्त श्रेष्ठ, ललितपुरमहानगर प्रमुख चिरिबाबुमहर्जन, प्रदेश सभा सदस्यहरु रामकृष्ण चित्रकार, प्रेम भक्त महर्जन, रधुनाथ महर्जन, पुकार महर्जन , प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, वरिष्ठ प्रहरी उपरिक्षक सिद्दि विक्रम शाहा, किर्तिपुर नगरपालिकाका उप नगर प्रमुख शुुभलक्ष्मी शाक्य ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछ्यो लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
Comments are closed.