काठमाडौं । रोटरी क्लब अफ भिजन काठमाडौंले आफ्नो पहिलो सेवा परियोजना अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रम शुक्रबार बिहान नोर्भिक अस्पतालमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुरेश कुमार श्रेष्ठ रहेका थिए ।
क्लबका अध्यक्ष जगत पोखरेल, प्रेसिडेन्ट इलेक्ट कृष्ण प्रसाद दुलाल लगायतको उपस्थिति थिए । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष पोखरेलले सामाजिक उत्तरदायित्वको भावनाले र रक्त अभावलाई थोरै भएपनि परिपूर्ति हुने र मानव जिवनको क्षति हुनबाट रोक्ने बताए ।
क्लबका सचिव आर्जु सिटौलाका अनुसार यो अभियानलाई सुरक्षित र सफल बनाउन सबै सदस्यहरूलाई सक्रिय सहभागिताको आग्रह गरिएको छ । साथै, प्रत्येक सदस्यले आफ्ना परिचित नेटवर्कमार्फत कम्तीमा तीन जना सम्भावित रक्तदातालाई ल्याउन सहयोग गर्न अनुरोध गरिएको छ ।
रोटरी क्लब अफ भिजन काठमाडौंले यो पहललाई समुदायमा स्वास्थ्य र जीवनरक्षाका लागि महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए ।
Comments are closed.