काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको कार्यकाल सुरु भएको छ । रोटरी वर्ष २०२५–२६ का डिष्ट्रिक्ट गभर्नर निर्वाचित भएका उनको कार्यकाल जुलाई १ बाट सु भएको हो । एक वर्ष अर्थात आगामी जुन अन्तिमसम्म उनको कार्यकाल कायम रहनेछ ।
रोटरी क्लब पोखरा फिष्टेलका पूर्व अध्यक्षसमेत रहेका कोइराला रोटरी डिष्ट्रिक्टको विभिन्न जिम्मेवारी सम्हाल्दै गभर्नरसम्मको यात्रामा अगाडि बढ्न सफल भए ।
कोइरालाको नेतृत्वमा डिष्ट्रिक्ट ३२९२ ले सेवाको क्षेत्रमा नविनतम कामहरु सम्पादन हुने विश्वास गरिएको छ ।
रोटरी वर्ष २०२४-२५ मा राजेन्द्रमान शेरचनले गभर्नर रहेर काम गरेका थिए ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ मा नेपालका करिब १६० वटा क्लबसहित भुटानको रोटरी क्लब पनि समावेश छ ।
Comments are closed.