काडमाडौं । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले उपत्यका १०० सामुदायिक विद्यालयलाई एक सय वटा ज्वरो मापक यन्त्र थर्मोगन बितरण गरेकोछ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल भुटान डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले कोडिभको समयमा रामुदायिक विद्यालयलाई थर्मोगन सहयोग गरेर रोटरीले उदाहरणीय कार्य गरेको बताए ।
काठमाडौंको डिल्लीबजारस्थित पद्य्म कन्या माविमा आयोजित उक्त कार्यक्रमको सभिपतित्व क्लबका अध्यक्ष सञ्जय चौधरी गरेका थिए ।
कार्यक्रममा डिस्ट्रिक्ट डिप्युटी गभर्नर हेमा अधिकारी, डिस्ट्रिक्ट सचिब सुनील रिजाल लगायत क्लबका पदाधिकारीको उपस्थिति थियो । यस अघि पनि क्लबले १०० समुदायिक विद्यालयहरुलाई थर्मोगन बितरण गरिएको थियो ।









Comments are closed.