पोखरा रोयल सहकारीद्वारा न्यानो पोशाक वितरण 

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा १० रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १५२ जना विद्यार्थीहरुलाई न्यानो पोशाक (स्वेटर) वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक बलराम गिरीको अध्यक्षतामा भएको एक कार्यक्रममा सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङ, उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले विद्यार्र्थीहरुलाई न्यानो पोशाक वितरण गरेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्थाका कारण जाडो समयमा समेत न्यानो पोशाक खरिद गर्न कठिन भएका विद्यार्र्थीहरुलाई विद्यालयको माग बमोजिम सहयोग हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङले बताइन् । विद्यालयमा अध्ययनरत विद्यार्र्थी, विद्यालय र समुदायमा नियमित रुपमा वित्तीय साक्षरता र प्रविधि साक्षरता सम्वन्धी शिक्षा र रोयल सेभिङ क्लव मार्फत विविध गतिविधि सञ्चालन गर्न सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक बलराम गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सहकारीले गरेको सहयोग र गतिविधि समुदायको लागि नमुनायोग्य काम भएको उदाहरण दिदै प्रधानाध्यापक गिरीले सहकारी परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहकारी संग सहकार्य गर्दै काम गर्न विद्यालय परिवार तयार रहेको प्रतिवद्धता व्यक्त गरे । विद्यालयका सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव अधिकारीले गरेका थिए ।

jutta mela

विद्यालयमा विहानी र दिवा कक्षा गरि २६०० बढी विद्यार्र्थीहरु अध्ययनरत रहेका छन् भने ८३ जना शिक्षकहरु कार्यरत रहेको सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.