पोखरा । सुखी सदस्य, दिगो सहकारी भन्ने परिकल्पना बमोजिम पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको प्रधानकार्यालयको सभाकक्षमा सदस्यहरु बीच सहकारी शिक्षा साथै विस्तारित मञ्च सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बर्तमान अर्थतन्त्र र सहकारीको अवस्था बारेमा जानकारीका साथै संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, संरक्षित पूजी फिर्ता कोषको महत्व, नियमित मासिक बचत तथा कारोवार वाट प्राप्त गरिने प्रतिफल, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग तथा संस्थामा सदस्यहरुको काम, कर्तव्य, अधिकार तथा भूमिका जस्ता विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सहभागी सदस्यहरुले सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, वर्तमान अवस्थालाई मध्यनजर गर्दै ऋणको सीमा बढाउनुपर्ने र सदस्य लक्षित नवीनतम प्रविधी र शीपमूलक तालिमहरु उपलब्ध गराउनुपर्ने जस्ता सुझावहरु राखेका थिए ।
कार्यक्रममा २७ जना सदस्यहरुको सहभागिता रहेको थियो भने भण्ढारढिक सेवाकेन्द्रमा ५९ जनाको सहभागिता रहेको कार्यक्रममा सेवाकेन्द्र उपसमितीका सदस्य अरुण कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सेवाकेन्द्र प्रमुख उमनाथ आचार्यले गरेका थिए भने कार्यक्रम नबज्योती महिला जागरण समुह भवन पोखरा २९ सैनिक बस्तीमा भएको थियो ।
पोखरा रोयल सहकारीले आफ्नो वार्षिक कार्यतालिका बमोजिम सदस्य केन्द्रित तालिम तथा गोष्ठी साथै विस्तारित मञ्चहरु मार्फत नीतिगत सुधारको लागि सुझावहरु संकलन गर्दै आईरहेको छ । हाल संस्थामा ८८०० बढी सदस्य रहेको छन् भने प्रधान कार्यालय अन्र्तगत मात्र ५१०० बढी सदस्यहरु आवद्ध रहेका छन् ।
संस्थाले विगत देखि नै सदस्यहरुको माग बमोजिम एटिएम सेवा, मोवाईल बैकिङ सेवा, क्यूआर कोड, एस एम एस बैकिङ्ग, समुह जमानत ऋण कार्यक्रम र दर्जनौ समुदाय केन्द्रित कृयाकलापहरु सञ्चालन गर्दै आईरहेको छ । कार्यक्रममा अधिकृत स्तरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Comments are closed.