पोखरा रोयल साकोसको नीति तथा कार्यक्रम र वजेट निर्माण गोष्ठी सम्पन्न

पोखरा ।  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्था सञ्चालनका लागी आगामी १ वर्षे (०८०र०८१) का लागि नीति तथा कार्यक्रम र वजेट निर्माण तयारी गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै गुरुङले २२ वर्षको अवधिसम्म आईपुग्दा संस्थाको नीति र नियम पूर्ण परिपालना गर्दै संस्थाको वित्तिय सुशासन मजवुत भएको जानकारी दिइन् ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले अघिल्लो आर्थिक वर्षमा तय भएको ( २०७९÷०८० ) नीति तथा कार्यक्रम र वजेटको उपलब्धिको समीक्षा प्रस्तुत गरेका थिए । आ.व (०८०र०८१) का लागि नीति तथा कार्यक्रममा संस्थागत सुशासन कायम राख्दै सदस्यरुमा उद्यमशीलता र रोजगारी विकास प्रवर्द्धन गर्ने अग्रणी सहकारी संस्था बनाउने ध्येय साथै सदस्यहरुको आवश्यकता पूरा गर्न वित्तीय उत्पादन सृजना र विकास गरी उद्यमशीलता विकासमा संलग्न वितीय, उद्यमशीलता र नीति निर्माणमा नेतृत्व गर्न सक्षम सबल सहकारी, सुखी सदस्य दिगो सहकारी बनाउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा ऋण व्यव्स्थापन समूहका चन्द्रप्रसाद गुरुङ, शेयर सदस्य तथा पूँजी व्यवस्थापन समूह केशव प्रसाद ढकाल, व्यवसाय प्रवद्र्धन समूह हर्कबहादुर गुरुङ, निक्षेप व्यवस्थापन समूह केदारनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्य रहने गरि समूह विभाजन योजानाहरु प्रस्तुत गरेका थिए भने विषयको प्रस्तुती तथा निस्कर्ष संक्षेपीकरण समूहमा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ, मूख्य प्रवन्धक मीलन ढकालको समूहले सहजीकरण गरेको थियो ।

उक्त कार्यक्रममा उपस्थित सवैलाई स्वागत संस्थाका उपाध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङले गरेका थिए । संस्थाको तर्फबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र उच्च तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा संस्थाका सल्लाहकार एकनारायण शर्मा, डा.कालु शार्माले कार्यक्रम अवधिभर भएका गतिबिधीहरु माथी सल्लाह तथा सुभाबहरु पेश गरेका थिए । भने कार्यक्रम सञ्चालन संस्थाका मूख्य प्रवन्धक मीलन ढकालले गरेका थिए ।

lcci
You might also like

Comments are closed.