सुशासनमा चलेर उदाहरणीय पहिचान बनाएको पोखरा रोयल, आज २३औं स्थापना दिवस

पोखरा । सञ्चालक तथा कर्मचारीहरुको बदमासीका कारण धेरै सहकारी संस्थाहरु पछिल्लो समय समस्यामा परेका छन् । हरेक दिन सहकारीका सन्दर्भमा नकारात्मक समाचारहरु आइरहेका छन् । राम्रो सञ्चालक समूह, राम्रो व्यवस्थापन टिमले सञ्चालन गरेका सहकारीहरु भने  राम्रा छन् भन्ने सन्देश पनि केही सहकारीहरुले दिइरहेका छन् । यस्तै राम्रा सहकारीहरुको पहिचान बनाउन सफल सहकारी संस्था हो पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ।

पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको सहकारीको वित्तीय विवरण पनि लोभलाग्दो छ । गत वैशाख मसान्तसम्मको वित्तीय विवरण अनुसार सहकारीमा १९ करोड ९६ लाख रुपैयाँ शेयर पुँजी रहेको छ । जगेडा कोषमा १८ करोड ५२ लाख रुपैयाँ, कूल बचत १ अर्ब ८६ करोड रुपैयाँ, कूल संस्थागत पुँजी १८ करोड ७० लाख रुपैयाँ छ । विभिन्न कोषहरुको जम्मा रकम १२ करोड ४५ लाख रुपैयाँ, लगानीमा रहिरहेको ऋण १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । तरलता रकम ६९ करोड ११ लाख रुपैयाँ (३७.१३ प्रतिशत) छ । सहकारीमा कूल ऋणी सदस्य १३६१ जना छन् भने कुल सेयर सदस्य ९३१६ छन् । सहकारीको कूल सम्पत्ति २ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ छ ।

यसैबीच सहकारीले आज २३औं स्थापना दिवस मनाउँदैछ । सहकारी स्थापना दिवसको अवसरमा सहकारीले सम्पूर्ण सेयर सदस्य, कर्मचारी लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।

सहकारीको अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) छन् । लामो समय सहकारी अभियानमा सक्रिय सहकारी विद् भीम गुरुङ प्रमुख कार्यकारी अधिकृत भएर सहकारीको व्यवस्थापन समूहको नेतृत्व गरिरहेका छन् । सहकारी व्यवस्थापन समूहमा गुरुङसहित मीलन ढकाल (चिफ म्यानेजर), परमेश्वर दाहाल (म्यानेजर) लगायत छन् । सहकारीमा ३८ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

You might also like

Comments are closed.