पोखरा रोयल सहकारीले मात्र ८.८८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्जाको ब्याजदरमा विशेष छुट प्रदान गरेको छ ।

आफ्ना सेयर सदस्यहरुका लागि सहकारीले मात्र ८ दशमलव ८८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरी अफर सार्बजनिक गरेको हो ।

कुनैपनि व्यापार तथा व्यवसायमा लगानी गर्न चाहने र उद्यमी बन्न चाहने सेयर सदस्यलाई लक्षित गरी सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न लागेको सूचना अधिकारी तथा मूख्य व्यवस्थापक मीलन ढकालले जानकारी दिए । आवश्यकता अनुसार एक करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्ने नीति सहकारीले लिएको छ ।

पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको सहकार्यका सेवा केन्द्रहरु तनहुँको दुलेगौंडा, कास्कीको भण्डारढिक र मोहरियामा छन् ।

lcci
You might also like

Comments are closed.