पोखरा रोयल साकोसको आयोजनामा क्यान्सर सचेतना कार्यक्रम

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गरेको छ । बिशेष गरी महिलाहरुमा हुने स्तन तथा पाठेघरको क्यान्सर रोगको बारेमा सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रम कास्कीको दुर्गम तथा पर्यटकीय गाँउ सिक्लेस लगायत खिलाङ र तप्राङमा ३ दिन सम्म संचालन भएको थियो । नेपाल अर्बुध रोग निवारण संस्था, कास्की शाखाको प्राबिधिक सहयोगमा कार्यक्रम भएको थियो ।

स्तन तथा पाठेघरको क्यान्सर बढी हुने अवस्था, यसका लक्षण के के हुन? कसरी पत्ता लगाउन सकिन्छ ? बढी क्यान्सर रोग लाग्ने कारणहरु ? हाल सम्म थाहा नभएता पनि क्यान्सर रोग लाग्नका लागी एक वा धेरै कारकतत्वहरु हुन सक्छन्, यसका प्रारम्भिक लक्षणहरु क्यान्सरको रोगथाम तथा नियन्त्रणक्यान्सरका कारक तत्वहरुवाट बच्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । क्यान्सर रोगको उचित सयममा उचित उपचार गर्न सकिएमा निको पार्न सकिन्छ भन्ने लगाएत बिभिन्न कुराको जानकारी गराइएको थियो ।

कार्यक्रममा मादी गाँउपालिका वडा नं ६ का वडाध्यक्ष पस बहादुर बांस्तोलाले सहकारीले ग्रामणि क्षेत्रमा बचत गर्ने बानीको बिकास गराएको, राहात बितरण गरेको र यस प्रकारका सामाजिक उत्तरदायीत्वका कार्यले वडा कार्यलय र सहकारीको सहकार्यले अन्य कार्यक्रम पनि संचालन गर्न सकिने बताए । वडा नं. १ का वडाध्यक्षले यस गाँउमा पोखरा रोयल साकोसले सामाजिक उत्तर दायित्वका बिभिन्न कार्यक्रम गरिरहेको बताए । यस महत्वपुर्ण कार्यक्रमले महिलाहरुमा सकरात्मक प्रभाव पर्ने र क्यान्सर सम्वन्धि सचेत रहने बताए ।

jutta mela

पोखरा रोयल साकोसका सचिव क्या. चन्द्र प्रसाद गुरुङ को अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले सहकारीले बचत तथा ऋणको कार्य मात्र नगरी आफना सदस्यको जन्म देखी मृत्यु सम्ममा पर्ने सामाजिक उत्तरदायित्वका कार्य पनि गर्ने बताए । सचेतना कार्यक्रम नेपाल अर्बुध रोग निवारण संस्था, कास्की शाखाका सभापति प्रेम बहादुर भुजेल उपसभापति नारायण पराजुली र सहकोषाध्यक्ष कृष्ण मानन्धरले प्रशिक्षण दिएका थिए । कार्यक्रममा त्यस क्षेत्रका ४०० बढी महिलाको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.