रोयल सहकारीको वार्षिक साधारण सभा शुरु, व्यवसाय पुनरुद्धार गर्न सहुलियतपूर्ण ऋण दिने

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभाको विधिवत शुभारम्भ भएको छ । मंसिर १३ गतेदेखि प्रारम्भ भई मंसिर २७ गते साधारणसभा चल्नेछ । शुभारम्भ कार्यक्रमको संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले दीप प्रज्वलन गरि उद्घाटन गरेका हुन् ।

कोभिड १९ को महामारीका कारण यस वर्षको वार्षिक साधारण सभा १५ दिन सम्म सदस्यहरुलाई प्रधान कार्यालय बुद्धचोक पोखरा कास्की, सेवाकेन्द्रहरु दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहरिया कास्की गरि ४ वटा कार्यालयहरु बाट नाम दर्ता गर्ने, प्रतिवेदन बुझ्ने र सुझाव संकलन गर्ने व्यवस्था मिलाईएको र अन्तिम दिन समापन गर्ने गरि कार्यक्रम रहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा र मापदण्डलाई पालना गर्दै सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनको उपस्थितिमा शुभारम्भ कार्यक्रम सञ्चालन गरिएको र उक्त कार्यक्रमको संस्थाको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाईएको थियो । कार्यक्रममा सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक हर्कबहादुर गुरुङ, लेखा परिक्षकको प्रतिवेदन कोषाध्यक्ष केशवप्रसाद ढकाल र वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले प्रस्तुत गरेका थिए । यसैगरि उपाध्यक्ष रुद्रकुमारी गुरुङले स्वागत, सचिव चन्द्रप्रसाद गुरुङले कार्यक्रम तथा साधारण सभा सम्वन्धी जानकारी र मूख्य प्रवन्धक मीलन ढकालले कार्यक्रमको गरेका थिए ।

jutta mela

वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै चालु वर्षको कार्यक्रम तथा बजेटलाई सेवामुखी र बाँच र बचाऔंको रणनीतिमा पेश गरिएको प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी दिए । संस्थाले कोभिडबाट असर पुगेको सदस्यहरुको व्यवसाय पुनरुद्धार गर्न सहुलियतपूर्ण ऋणको व्यवस्था, अनिवार्य बचत र स्वास्थ्य उपचार बचत जस्ता कार्यक्रम, सबै सेवा र सदस्यलाई प्रविधीमा जोड्ने, संस्थाको वित्तीय स्वास्थ्य बलियो बनाउने र अग्रभागमा रहि सदस्यको सेवामा खटिने कर्मचारीहरुको स्वास्थ्यलाई विशेष ख्याल गरि नीति तथा कार्यक्रम तय गरिएको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । यसैवर्ष राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघबाट देशकै उत्कृष्ठ सहकारी पुरस्कार पाउन सफल सहकारीमा हाल ७ हजार ५ सय १ जना शेयर सदस्य र १ अरव ८३ करोड रहेको छ ।

You might also like

Comments are closed.