नारायणचौर र कोटेश्वरमा रोयल इन्फिल्ड शोरुम विस्तार

काठमाडौं । प्रिमियम टु ह्विलर ब्राण्ड रोयल इन्फिल्डले नेपालमा २ वटा शोरुम विस्तार गरेको छ । रोयल इन्फिल्डका लागि नेपालको आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी ब्रिज नजिक शोरुम सञ्चालनमा ल्याएको हो ।

रोयल इन्फिल्ड क्लासिक ३५० सिसी र रोयल इन्फिल्ड मिट्योर ३५० सिसी बाइक नेपालमा उपलब्ध छ । रोयल इन्फिल्ड मिट्योर ३५० सिसी बाइक ३ भेरियन्टमा आउँछ । रोयल इन्फिल्ड हिमालयन ४११ सिसी र इन्टरसेप्टर ६५० सिसीको बाइक पनि नेपाली बजारमा छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

राम्रो ब्राण्ड र क्लासिक मन पराउनेहरुका लागि नेपालमा रोयल इन्फिल्ड बाइक लोकप्रिय छ ।

jutta mela

मिड रेन्जको बाइकमा संसारभर नै धेरै बिक्री हुने बाइक रोयल इन्फिल्ड क्लासिक ३५० सिसी पर्दै आइरहेको छ ।

You might also like

Comments are closed.