नारायणचौर र कोटेश्वरमा रोयल इन्फिल्ड शोरुम संचालनमा

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले काठमाडौंको नारायणचौर नक्सालमा र कोटेश्वर वालकुमारी पुल नजिकै दुई वटा शोरुम आजदेखि संचालनमा ल्याएको छ ।

उक्त दुई वटा शोरुम आइतबार विषेश कार्यक्रमका बीच त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लााल संघाईले उद्घाटन गरी संचालनमा ल्याइएको हो ।

शोरुमबाट बाइक राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पाट्र्स बिक्री तथा विक्री पछाडिका सेवाको व्यास्था गरिएको छ ।
रोयल इनफिल्ड मोटरसाइकल शोरुम ”वाइकर्स होमको” अवधारणमा निर्माण गरिएको छ ।

jutta mela

रोयल इनफिल्ड विश्वको एक मात्र सबैभन्दा पुरानो मोटरसाइकल कम्पनी हो । जसले सन १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राकलाई सन्तुष्टि प्रदान गरिरहेको छ ।

अल्फा अटोमोटिभ प्रालीले हाल काठमाडौं नक्साल कोटेश्वर, पोखरा बुटवल , धरान र इटहरी मा शोरुम संचालन गरिरहेको छ । त्यस्तै चैत महिनामा थप ४ वटा (विर्तामोड, टाडी, सुर्खेत र भक्तपुर)मा शोरुम संचालन गर्ने कम्पनीले बताएको छ ।

असार महिनाभित्र थप ८ वटा (विराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ, नेपालगञ्ज र त्रिपरेश्वर)मा शोरुम संचालनमा ल्याउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल १८ वटा शोरुमबाट बाइक बिक्री ,गियर एवं जनविन एसेसरिज स्पेयर पाट्र्स र सभिसिङ लगाएत सेवा पदान गर्ने छ ।

अल्फा अटोमोटिभ प्रा.लि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो । त्रिवेणी ग्रुपपले उत्पादनमुलक उद्योग ब्यवसाय बैंकिङ, बीमा एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ ।

You might also like

Comments are closed.