काठमाडौं । रोयल इनफिल्डको हण्टर राइड द लाइट २०२३ सम्पन्न भएको छ । ‘रोयल इनफिल्ड’ को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले दिपावली को अबसर पारेर ‘रोयल इनफिल्ड हण्टर राइड द लाइट २०२३ कार्यक्रम आयोजन गरेको हो । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।
यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी सचेतना र सिस्टमेटिक राइड प्रवद्र्धन गर्ने र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण एवम् प्रवद्र्धन गर्नु रहेको बताइएको छ ।
कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वर बाट सुरु भएको यो राइड कोटेश्वर बानेश्वर भद्रकाली न्युरोड जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडा, सम्मको रहेको थियो ।
Comments are closed.