रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको ३ नयाँ मोटरसाइकल पुनः सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० cc को तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा त्रिवेणी ग्रुपका निर्देशक  सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्ला द्वारा Meteor Fireball, Meteor Stellar र Meteor Supernova सार्वजनिक गरेका हुन् ।

Meteor मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, Electronic Fuel Injection (EFI) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ l यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० कि.मि. माइलेज दिने छ l इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० mm व्हीलबेस, ७६५ mm सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी – चौडा टुबलेस टायर्र (१००/९० – १९’’ – ५७ P ), पछाडी – चौडा टुबलेस टायर्र (१४०/७० – १७’’ – ६६P)  जस्ता फिचरहरू पाउन सकिन्छ ।

Meteor Fireball ३५०cc – पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्, त्यस्तै Meteor Stellar ३५०cc – कालो, निलो र रातो रंगमा उपलब्ध छन् र Meteor Supernova ३५०cc – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् l

कम्पनीले Meteor Fireball ३५०cc को मूल्य ५ लाख ५० हजार रुपैयाँ, Meteor Stellar ३५०cc –  को मूल्य ५ लाख ५५ हजार रुपैयाँ  र Meteor Supernova३५०cc – को मूल्य ५ लाख ६५ हजार रुपैयाँ तोकेको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

 

You might also like

Comments are closed.