जनकपुर । रोयल इनफिल्ड प्रेमीहरूको लागि हालै रोयल इनफिल्ड महा राइड सम्पन्न भएको छ । यो एतिहासिक राईड, जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको थियो भने सिन्धुली पुगेर यात्रा समापन गरिएको थियो । यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको बताइे छ ।
जनकपुरबाट सुरु भएको याात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो । बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० राइडर थपिएका थिए । महा राइडमा ६१ राइडर सहभागि थिए ।
कार्यक्रमको उद्घाटन मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो । सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए । यातायात मन्त्रालयका सचिव यादव लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।
रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवद्र्धन गरेका छन् ।
राइडको उद्धेश्य “घुमौ मधेश, बुझौँ मधेश ’’ क्याम्पियनलाई सफल बनाउन सहयोग पु¥याउने तथा नेपालका सुन्दर गन्तव्यहरू चिनाउने, सडक सुरक्षा प्रोत्साहन : अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्ने, राइडर समुदाय बलियो बनाउने प्रयास : समान रुचि भएका व्यक्तिहरूलाई एकिकृत गराउने र भातृत्व विकास गराउने रहेको बताइएको छ ।
रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको यस्तो कार्यक्रमहरूले देशका विभिन्न सुन्दर गन्तव्यहरूलाई पर्यटन केन्द्र बनाउने सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Comments are closed.