रोयल सहकारी र ग्यालेक्सी हस्पिटलबीच छुट सम्झौता

पोखरा । पोखरा रोयल बचल तथा ऋण सहकारी संस्था लिमिटेड र ग्यालेक्सी हस्पिटल पोखरा बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात पोखरा रोयल बचल तथा ऋण सहकारीका ग्राहकलाई ग्यालेक्सी हस्पिटल पोखरामा उपचार खर्चमा विशेष छुट हुने भएको हो । पोखरा रोयल बचल तथा ऋण सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेको हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले जानकारी दिए ।

 

यस सम्झौता पश्चात उत्तमचोक पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा रोयल बचल तथा ऋण सहकारी संस्थाका शेयर सदस्य, शेयर सदस्यका परिवार, सहकारीका कर्मचारी र कर्मचारीका परिवारले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउदा हस्पिटलबाट फार्मेसीमा ७.५ प्रतिशत र अन्य सम्पूर्ण सेवामा १२ प्रतिसत छुट प्राप्त गर्ने सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले जानकारी दिए ।

२४ घण्टा बिशेषज्ञ सेवा दिईरहेको ग्यालेक्सी हस्पिटलले अनुभवी तथा दक्ष बिशेषज्ञ चिकित्सक र कर्मचारीबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषी ढकालले बताए ।

 

You might also like

Comments are closed.