रोयल पेन्ट्सको ब्राण्ड एम्बेसडरमा कलाकार प्रकाश सपुत

काठमाडौं । रोयल पेन्ट्सको ब्राण्ड एम्बेसडरमा प्रशिद्ध कलाकार प्रकाश सपुत नियुक्त भएका छन् । बुधबार एक कार्यक्रमबीच सपुतलाई २ वर्षका लागि एम्बेसडर नियुक्तको घोषणा गरिएको हो ।

रोयल पेन्ट्सका अध्यक्ष परमेश्वर भण्डारी र चिफ फाइनान्स अफिसर चिरञ्जिवी पाण्डेले सपुतसँग ब्राण्ड एम्बेसडरका लागि हस्ताक्षर गरेका छन् । कलाकार सपुतलाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी लागेको अध्यक्ष भण्डारीले बताए । रोयल पेन्ट्सलाई थप परिचित गराउन सपुतको भूमिका महत्वपूर्ण हुनेमा उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा बोल्दै कलाकार सपुतले छोटो समयमा प्रशिद्ध बनेको रोयल पेन्ट्ससँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै रोयल पेन्ट्सको लोकप्रियता आगामी दिनमा अझै बढ्नेमा आफू विश्वस्त रहेको बताए । ‘गुणस्तर चिन्ह प्राप्त एउटा स्थापित ब्राण्डसँग सहकार्य गर्न पाउँदा म उत्साहित छु,’ उनले भने, ‘यो दुई वर्ष हाम्रो सहकार्य रोयल पेन्ट्स जत्तिकै रंगिन र आत्मीय बनोस् ।’

रोयल पेन्ट्स नेपाली बजारमा सन् २०१० देखि बिक्री वितरण भइरहेको छ । ६ सय डिलर नेटवर्कमार्फत देशभरको बजारमा रोयल पेन्ट्स बिक्री वितरण भइरहेको फाइनान्स हेड चिरञ्जिवी पाण्डेले जानकारी दिए । ‘घर, भवन तथा अन्य संरचना रंगाउनका लागि रोयल पेन्ट्सको माग बढ्दो छ,’ उनले भने, ‘रोयल पेन्ट्स लोकप्रिय ब्राण्डका रुपमा स्थापित भएको छ ।’

दसैं, तिहार बम्पर उपहार योजना

नेपालीहरुले मनाउने दसैं, तिहार, छठ लगायतका महान पर्वलाई लक्षित गरी रोयल पेन्ट्सले उपहार योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत ५० हजार रुपैयाँ भन्दा माथिको पेन्ट्स खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

सम्पूर्ण ग्राहक मध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यमानी ग्राहकलाई बम्पर उपहारमा १५० सिसीको पल्सर बाइक उपहार प्रदान गरिनेछ । ५ जनाले ४३ इन्चको भिडियोकन टिभी उपहार जित्नेछन् भने १० जनाले स्मार्ट फोन उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

दसैं, तिहार विशेष गीत सार्वजनिक

रोयल पेन्ट्सले मुख्य प्रायोजना गरेको दसैं तिहार विशेष गीत सार्वजनिक भएको छ । बुधबार कलाकार प्रकाश सपुतको युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । ‘खुसी बाँडे बढ्छ खुसी’ बोलको गीत सार्वजनिक भएको हो ।

You might also like

Comments are closed.