काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड ले भोलि ( शुक्रबार) आफ्नो बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा वेष्टर्न एशियन होटल, बुटवल, रुपन्देही मा बिहान साढे ९ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, सञ्चालक समितिलाई अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि पारित हुने बताइएको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुकक्लोज गरेको थियो । यस अनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी ले सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



Comments are closed.