रास्वपा समानुपातिक सूचीमा समेटिए उद्यमी राणा र ढकाल

काठमाडौं । आगामी निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन् ।

यसैक्रममा पछिल्लो समय रबि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाह र कुलमान घिसिङलाई पनि मिलाएर समानुपातिक उम्मेदवारको सूची बुझाएको छ ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको ११० जनाको समानुपातिक उम्मेदवारको सूचीमा चर्चित व्यवसायीहरु पनि समेटिएका छन् । सूचीमा गोल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणा र आइएमई ग्रुपका निर्देशक सचिन ढकाल पनि समेटिएका छन् ।

 

You might also like

Comments are closed.