१४३ क्षेत्रको नतिजा सार्वजनिक, प्रत्यक्षतर्फ रास्वपा ११२ सिटमा विजयी

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ अझै २२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १४३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने बाँकी क्षेत्रको मतगणना जारी रहेको छ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले ११२स्थानमा विजय हासिल गरेको छ भने १२क्षेत्रमा अग्रता कायम गरेको छ। नेपाली काँग्रेसले १८ स्थानमा जित निकालेको छ र एक क्षेत्रमा अग्रता बनाएको छ । त्यस्तै नेकपा (एमाले) ले ७ स्थानमा विजय हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रता कायम गरेको छ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले ६ स्थानमा जित हासिल गर्दै एक क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै श्रम संस्कृति पार्टीले एक स्थानमा विजय हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रस्थानमा रहेको छ। साथै राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र उम्मेदवारले पनि एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

उता समानुपातिकतर्फ हालसम्म २९ लाख १० हजार ६ सय ७७ मत गणना भइसकेको छ । जसअनुसार रास्वपाले १४ लाख ६१ हजार ३ सय ८१ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले ४ लाख ९४ हजार २ सय ५१ तथा नेकपा (एमाले) ले ४ लाख ३ हजार ८ सय ९९ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले १ लाख ९३ हजार ५ सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ६ हजार ३ सय ९६ तथा श्रम संस्कृति पार्टीले ५९ हजार २ सय ४१ मत प्राप्त गरेका छन् । त्यस्तै जसपा नेपालले २७ हजार ३ सय ४, जनमत पार्टीले १४ हजार २ सय ५० तथा नेकपाले १२ हजार ९ सय ८३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ।

You might also like

Comments are closed.