पावर लिफ्टिङका अन्तर्राष्ट्रिय खेलाडी कार्की नेपालमा

काठमाडौं । पावर लिफ्टिङ (शक्तित्तोेलक) का अन्तर्राष्ट्रिय खेलाडी रुप कार्की नेपाल आएका छन् । शक्तित्तोलक खेलको प्रवद्र्धन तथा विकासका लागि आफू नेपाल आएको उनले बताएका छन् । अमेरिकामा रहेका कार्की एक महिना नेपाल बस्नेछन् ।

नेपालमा रहँदा सकेसम्म सातै प्रदेशका खेलाडीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने उनले बताएका छन् । ‘आफूले जानेको र सिकेको ज्ञान खेलाडीहरुलाई सिकाउनेछु,’ उनले भने । उनी २०१७ र २०१९ मा आइपिएलका गोल्ड मेडलिष्ट खेलाडी हुन् ।

खेलकुदका क्षेत्रबाट उनले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान पु¥याएको उनका शुभेच्छुक बुद्धि कार्की बताउँछन् ।

jutta mela

यसैबीच, रुप कार्कीलाई बिहीबार नेपालमा स्वागत गरिएको छ । उनका शुभेच्छुक तथा आफन्तहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

You might also like

Comments are closed.