सार्क चेम्बरका पदाधिकारीद्वारा पिन ग्रहण, क्षेत्रीय व्यापार र आर्थिक सहकार्यमा जोड

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अन्तर्गतको उद्योग तथा वाणिज्य महासंघ-सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क चेम्बर) का नवनिर्वाचित टिमलाई पिन हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित एम्बास्डर क्लबमा आयोजित एक विशेष समारोहबीच सार्क चेम्बरका पदाधिकारी तथा सदस्यहरुले पिन ग्रहण गरेका हुन् ।

सार्क महासचिव गोलाल सरवर र सार्क चेम्बरका अध्यक्ष चण्डीराज ढकालले पिन हस्तान्तरण गरेका हुन् । पिन ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दक्षिण एसियाली राष्ट्रहरूका निजी क्षेत्रबीच व्यापार, लगानी, उद्योग तथा समग्र आर्थिक सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउन आफ्नो कार्यकालमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सार्क क्षेत्र भित्रका निजी क्षेत्रको सम्भावनालाई उजागर गर्दै व्यापार तथा लगानी प्रवर्द्धनमा सार्क चेम्बरमार्फत थप सशक्त भूमिका खेल्न सकिने उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले सार्क चेम्बरमार्फत नेपालमा लगानी बढाउन सकिने बताए ।

दक्षिण एसियाली देशहरूमा आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, नीतिगत सहजीकरण र निजी क्षेत्रको सहकार्यलाई अगाडि बढाउन सार्क चेम्बरले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

You might also like

Comments are closed.