साथीमार्टको देशकै ठूलो आउटलेट इटहरीमा खुल्दै

काठमाडौं । ओ टु ओ (अफलाइन टु अनलाइन) सुबिधा सहित इटहरीमा साथीमार्टको देशकै ठुलो आउटलेट सुरु भएको छ । करिब ३ करोड रुपैयाँ लागतमा संचालित शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (बितरण केन्द्र) समेत रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

इटहरीको पूर्व लाइनस्थित मीलन चोकमा खुलेको मार्टको आउटलेट वायरहाउस सहित पाँच हजार बर्गफिट रहेको बताइएको छ। साउनको दोश्रो हप्तासम्म सन्चालनमा आउने इटहरी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा रहने पोख्रेलले बताए । नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ ।

इटहरी आउटलेट खुले सँगै एक बर्ष भित्रमा प्रदेश एकमा सय शाखा बिस्तार गर्ने लक्ष्य रहेको बताइएको छ। हाल प्रदेश एकमा २० शाखा सन्चालनमा रहेको र करिब १० शाखा खुल्ने तयारीमा रहेको पोख्रेलले जानकारी दिए ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा पोखरा, चितवन, बुटवलमा पनि यसै वर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको पोख्रेल बताउँछन् ।

मार्टमा ग्राहकले ३० प्रतिशत सम्मको छुट, फल्याट सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुबिधा रहने बताइएको छ । स्टोर पुर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले संचालन हुने नेपालकै पहिलो मार्ट हुने पोख्रेलको दावी छ। साथै ग्राहकले अनलाइन अर्डर गरेर आफैले पिक अप गर्ने सुविधा समेत रहेको पोख्रेल बताउँछन् ।

You might also like

Comments are closed.