काठमाडौं । आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेका युवा उद्यमी प्रेमप्रसाद आचार्यको निधनप्रति व्यावसायिक प्रतिष्ठान सार्थीमार्टले दुःख व्यक्त गरेको छ । सार्थीमार्टका प्रमुख कार्यकारी अधिकृत तथा युवा उद्यमी सागर पोखरेलले आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
साथै साथीमार्टसँग कारोबार गर्ने क्रममा आचार्यले एडभान्सबापत लिएको रकम पनि कम्पनीले आचार्यको पारिवारिक सहयोगका लागि फिर्ता नलिने घोषणा गरेको छ । आचार्यबाट पाउनुपर्ने १ लाख २ सय २५ रुपैयाँ ८८ पैसा फिर्ता नलिने घोषणा गर्दै साथीमार्टका पोखरेलले थप व्यक्तिगत आर्थिक सहयोगको लागि समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी पोखरेलले अन्य कम्पनीहरुलाई पनि आचार्यको कम्पनीलाइ तिर्नु बुझाउनु पर्ने रकम भुक्तानी गरि थप सहयोगको लागि अपिल गरेका छन् ।
आचार्यले आत्मदाह गर्नु अगाडि लेखेको नोटमा समेत साथीमार्टलाई फिर्ता गर्नुपर्ने रकम फिर्ता गर्न नसकेको लेखेका छन् ।
साथीमार्टका सञ्चालक सागर पोखरेलले प्रेम आचार्यको निधनप्रति दुःख व्यक्त गर्दै यस्तो लेखेका छन्ः
निशब्द छु आज प्रेम जि..।
तपाईंसँग भएको हरेक भेटमा नेपाली उत्पादन, कृषि व्यवसायका सम्भावनाको बारेमा कुराहुँदा साच्चिकै मन आनन्दित हुने गर्दथियो । नेपाली उत्पादनलाई एतिधेरै माया गर्ने मान्छे पनि नेपालमा छ जस्तो लाग्थियो अनि नेपाली उत्पादनलाई प्रबर्द्धन गर्ने मेरो सपना झन् मजबुत हुँदै जान्थियो धेरै गर्न सकिन्थ्यो प्रेमजि हाम्रो सहकार्यमार्फत तर आज धेरै नै स्तब्ध भएको छु लेख्ने शब्दहरु सकिएका छन् लेख्दैगर्दा हात कमेका छन.. । व्यक्तिगत तथा saathimart को तर्फबाट तपाईंको आत्माको चिरशान्तिको कामना गर्दछु ।
साथै यस कम्पनीमा तपाईंले कारोबार गर्दा saathimart बाट तपाईंले लिएको advance बापतको हामीले पाउनु गर्ने रकम रु १,००,२२५.८८/- पारिबारिक सहयोगको लागि फिर्ता नलिने घोषणा गर्दै थप व्यक्तिगत आर्थिक सहयोगको लागि समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।
यहाँ व्यावसायिक बेथितिले गर्दा सम्पूर्ण युवालाई गाह्रो छ काम गर्नको लागि । म अन्य कम्पनीहरुलाई पनि उहाँको कम्पनीलाइ तिर्नु बुझाउनु पर्ने रकम भुक्तानी गरि थप सहयोगको लागि पनि आग्रह गर्न चाहन्छु ।
अलबिदा प्रेमजि ।
तपाईंले देखेको नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउने सपना मर्नेछैन ।







Comments are closed.