काठमाडौ । नेपालकै ठुलो रिटेल चेन साथीमार्टले ‘सस्तो शुक्रबार’ अफर सुरु गरेको छ । हरेक शुक्रबार लागू हुने अफरमा सम्पूर्ण किराना सामानहरुमा दस प्रतिशत छुट उपलब्ध छ भने डिजिटल भुक्तानी गर्दा थप दस देखि बीस प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।
ग्राहकहरुलाई अनलाइन र अफलाइन दुबैको सुबिधा दिंदै आएको साथिमार्टले आहिलेको लागि यो योजना काठमाडौका मैतिदेवी र टोखा अनि इटहरी मिलनचोकको आउटलेटमा सुरु गरेको छ । छिट्टै यो अफरलाई देशब्यापी बनाउने योजना रहेको साथीमार्ट इन्कर्पोरेट प्रालीका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।
‘आहिले अफलाइन शपिङ्गमा मात्र लागु गरिएको अफर छिट्टै अनलाइन सपिङमा पनि उपलब्ध गराउने योजनामा छौ’ पोख्रेल थप्छन् ‘रिटेल इन्डस्ट्रीमा साथीमार्टले प्रत्याउनै नसक्ने अफरहरुको थालनी गर्दै छ । यसको सुरुवात नै सस्तो शुक्रबार हो ।’
साथै हरेक महिना हरेक स्टोरहरु बाट एकजना भाग्यसाली बिजेताले लक्की ड्र मार्फत बम्पर उपहार पाउने बताइएको छ ।
साथीमार्टका आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।
फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा ब्यापार ९आउटलेट०, ई(कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
Comments are closed.