काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ । मेलामा स्वदेशी प्रतिष्ठित कम्पनीका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै मेलामा जुत्ता चप्पल खरिदमा आकर्षक छुट उपलब्ध गराइएको आयोजक सबिन कार्कीले जानकारी दिए ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट प्रदान गरिएको कार्कीले बताए । उनले भने, ‘हाम्रा ग्राहकको सुविधाप्रति हामी सचेत छौं । सस्तो मूल्यमा आकर्षक र बलियो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले मेला धेरैको रोजाईमा पर्ने गरेको छ ।’ ग्राहकको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै मेला आयोजना गरिएकाले धेरैको आकर्षण बढेको कार्की बताउँछन् ।
मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ । एक पटक मेलामा आएर जुत्ता चप्पल खरिद गरेका ग्राहकहरु पुनः आवश्यकता परेको समयमा मेलामा नै आउने गरेको आयोजक कार्की बताउँछन् । ‘हाम्रा ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ,’ उनले भने ।
ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साही बनेको कार्कीको भनाइ छ ।
Comments are closed.