नागार्जुनमा साधना लघुवित्तको शाखा

काठमाडौं । काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको शनिबार काठमाडौंको नागार्जुनमा शाखा कार्यालय स्थापना गरेको हो । नयाँ शाखाको नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरे ।

कार्यक्रममा सञ्चालक समितिका सदस्य रेग्मीले साधना लघुवित्तले घरदैलोमा बैकिङ सेवा पु¥याउन महत्वपूर्ण भूमिका र राष्ट्र बैंकले क, ख, ग, घ वर्गका कति बैंक तथा वित्तीय संस्था आवश्यक छ अध्ययन गरेर अनुमतिपत्र प्रदान गर्नुपर्ने उल्लेख गरे ।

कार्यकारी अधिकृत न्यौपानेले साधना लघुवित्तले चालू आर्थिक वर्षमा १६ शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । “ग्रामीण तथा सहरी क्षेत्रमा वित्तीय सेवासँगै वित्तीय साक्षरता दिन जरुरी छ”, उनले भने ।

साधना लघुवित्तले चार वर्षको अवधिमा ३१ जिल्लामा ९३ शाखा स्थापना गरी रु तीन अर्ब ८० करोड कर्जा लगानी गरिसकेको छ । उक्त वित्तीय संस्थाले ७७ हजारभन्दा बढी घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा दिँदै आएको छ ।

You might also like

Comments are closed.