अन्नपूर्ण बेस क्याम्पमा फसेका १६२ पर्यटकको सुरक्षित उद्धार

काठमाडौं । लगातारको भारी हिमपात र बढ्दो जोखिमका कारण अन्नपूर्ण बेस क्याम्पमा फसेका १६२ पर्यटकलाई सशस्त्र प्रहरी बलले सुरक्षित रूपमा उद्धार गरेको छ । आज बिहानसम्म सम्पन्न उद्धारपछि बेस क्याम्पमा कुनै पनि आन्तरिक वा विदेशी पर्यटक बाँकी नरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

उद्धार गरिएका पर्यटकहरूलाई हिमपात नपरेका सुरक्षित क्षेत्रमा पुर्याइएको छ । उद्धारपछि केही पर्यटकमा मामूली स्वास्थ्य समस्या देखिए पनि गम्भीर अवस्था भने नभएको बताइएको छ ।

कठिन मौसमका बीच डोरीको सहायताले जोखिमपूर्ण भाग पार गराउँदै उद्धार कार्य सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । अहिले बेस क्याम्प पूर्ण रूपमा खाली गरिएको छ भने सो क्षेत्रमा हिमपात जारी नै रहेको जानकारी दिइएको छ ।

You might also like

Comments are closed.