अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री

काठमाडौं । नेपाल हस्तकला महासंघले विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको सङ्क्रमण देखिएपछि महासंघले संक्रमितको उपचारमा सहज पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपत्यकाका विभिन्न अस्पताल र आइसोेलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको राससलाई जानकारी दिए ।

महासंघले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा स्वास्थ्य सामग्री सहयोग गरेको हो । यस्तै, महासंघले ललितपुर महानगरपालिका र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, ललितपुर महानगरपालिकाका चाकुपाट, च्यासल, नागवहाल र पुल्चोकमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा समेत स्वास्थ्य सामाग्री सहयोग गरिएको महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले बताए

महासंघले एक हजार थान फुट कभर, १८० बक्स ग्लोब्स, १० हजार थान सर्जिकल मास्क, २०० थान एन ९५ मास्क, एक हजार थान फेस शिल्ड, १०० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र ४० जार स्यानिटाइजर सहयोग गरेको हो ।

You might also like

Comments are closed.