काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साढे १४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ । कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
सेबोनले साउन १२ गते सोमबार सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गर्दै १४ करोड ५२ लाख रुपैयाँ बराबरको पब्लिक इस्यु ल्याउनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले पाएको छ । यस सार्वजनिक निष्कासनपछि सागर डिस्टिलरीले सर्वसाधारणको सेयर सहभागिता सुनिश्चित गर्दै पूँजी संकलन गर्नेछ ।
Comments are closed.