सागर डिस्टिलरीद्वारा विभिन्न वस्तु र सेवाका लागि प्रस्ताव आह्वान

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक वस्तु तथा सेवाको आपूर्तिका लागि योग्य तथा इच्छुक बिक्रेताहरूदेखि अभिरुचि प्रस्ताव आह्वान गरेको छ। कम्पनीले आगामी २०८२/०४/३० गतेभित्र आवश्यक कागजातसहित आवेदन बुझाउन अनुरोध गरेको छ।

कम्पनीले माग गरेका वस्तु तथा सेवाका प्रमुख श्रेणीहरूमा अतिरिक्त न्यूट्रल अल्कोहल (ENA), रेक्टिफाइड स्पिरिट (RS), माल्ट स्पिरिट, माल्टेड बार्ली, इष्ट, चामल, मकै, कोदो, फापर लगायतका अन्नहरू, तयार वस्तुको ढुवानी सेवा, कार्टुन, मोनो कार्टुन, श्रिङ्क रेप, प्लास्टिक बोटल/लेबल/क्याप, स्क्र्याप वस्तुको खरिद तथा व्यवस्थापन सेवा, पुनःप्रयोग हुने बोतल संकलन सेवा, सुरक्षा तथा लेबर आपूर्ति, विद्युतीय सामग्री आपूर्ति, सर्जनात्मक विज्ञापन सेवा, लेखापाल तथा HR सफ्टवेयर, भन्सार क्लियरिङ्ग, बीमा सेवा, टिकट तथा कुरियर सेवा, यांत्रिक तथा प्रयोगशाला सामग्री आपूर्ति आदि समावेश छन्।

आवेदनका लागि आवश्यक कागजातहरूमा कम्पनीको प्रोफाइल, प्रमुख व्यवस्थापकको परिचयपत्र, प्यान/भ्याट र कम्पनी दर्ता प्रमाणपत्रको नोटराइज्ड प्रति, तथा पछिल्लो कर चुक्ता प्रमाणपत्र समावेश गर्नुपर्ने छ।

आवेदन कम्पनीको कार्यालयमा सिलबन्दी लिफाफामा वा ईमेलमार्फत पठाउन सकिनेछ।

You might also like

Comments are closed.

Secret Link