सागर डिष्टिलरीको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

काठमाडौं  । सागर डिष्टिलरी लिमिटेडले आज (साउन २८ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बिक्री खुला गरेको छ ।

कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २०% बराबरको १४ लाख ५२ हजार कित्ता शेयरमध्ये १०% अर्थात १ लाख ४५ हजार २०० कित्ता प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले बिक्री खुला गरेको हो । यी शेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूलाई लक्षित गरिएका हुन् ।

आवेदन अवधि भदौ १ गतेसम्म रहनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७,००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.