सलिको इन्स्योरेन्सद्वारा २९औं वार्षिकोत्सव अवसरमा अशक्तलाई भोजन सेवा

पोखरा ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष कार्यक्रम आयोजना गर्दै वृद्धवृद्धा तथा अशक्तहरूलाई भोजन गराएको छ ।

कम्पनीले बिहीबार कास्की जिल्लाको छोरेपाटन र हेम्जास्थित मानव सेवा आश्रममा आश्रय लिएका वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूलाई भोजन सेवा प्रदान गरेको हो । कार्यक्रमबारे जानकारी दिँदै सलिको इन्स्योरेन्स पोखरा न्युरोड शाखाका प्रमुख राजेश बाबु खत्रीले संस्थाले सामाजिक भावनाबाट प्रेरित भई यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको बताए ।

खत्रीका अनुसार, “वार्षिकोत्सव केवल उत्सव मात्र नभई समाजप्रतिको योगदानको अवसर हो भन्ने भावनासहित हामी अघि बढिरहेका छौं ।” उनले आगामी दिनहरूमा सामाजिक कार्यलाई प्राथमिकतामा राखेर अझ प्रभावकारी पहलहरू गरिने उल्लेख गरे ।

कार्यक्रममा मानव सेवा आश्रमका संचालक तथा कर्मचारीहरूले सलिको इन्स्योरेन्सप्रति आभार प्रकट गरेका थिए । उनीहरूले यस्ता सहयोगहरूले वृद्धवृद्धाहरूमा आत्मबल, आत्मसम्मान र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिएर सलिको इन्स्योरेन्सको रुपमा तीन वर्षदेखि एकीकृत कारोबार गर्दै आएको छ । यस अवधिमा कम्पनीले रक्तदान, सरसफाइ अभियान लगायत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ ।

वार्षिकोत्सवको यो विशेष पहलले निजी क्षेत्रबाट सामाजिक सेवा क्षेत्रमा सम्भावित योगदानको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.