सगरमाथा सेकेण्डरी स्कुलः ‘नलेज, क्यारेक्टर एण्ड सर्भिस गाइडिङ’ प्रिन्सिपल

पोखरा । ‘नलेज, क्यारेक्टर एण्ड सर्भिस गाइडिङ’ प्रिन्सिपलका साथ अगाडि बढेको सगरमाथा सेकेण्डरी स्कुलले शैक्षिक क्षेत्रमा अब्बल सावित गर्न सफल बनेको छ । मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन हुने यस स्कुल विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्ने गरेको छ ।

सगरमाथा सेकेण्डरी स्कुल लामो समयससम्म शिक्षण र प्रशासनिक क्षेत्रमा अनुभव हासिल गरेका दक्ष, अनुभवी शिक्षाविद्को टोलीद्वारा सञ्चालित छ । विद्यार्थीलाई शैक्षिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत सफल बनाउने उद्देश्यले स्कुल स्थापना गरिएको हो ।

गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गरी स्थापना गरिएको यस स्कुलमा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट अध्यापन हुँदै आएको छ । स्थापनाकालदेखि नै विद्यालय पोखरा तथा गण्डकी क्षेत्रमा उत्कृष्ट बन्न सफल छ भने नेपालभर उत्कृष्ट १० भित्र पर्दै आएको छ । सगरमाथा स्कुल उत्कृष्ट बन्न सफल भएकै कारण विद्यालयले विभिन्न अवार्ड पनि प्राप्त गरेको छ । सगरमाथामा अध्ययन गरेका विद्यार्थी हरेक क्षेत्रमा सफल बनेको प्रिन्सिपल धनबहादुर थापाले बताए ।

‘अन्तर्राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गरिरहेका छौं, विद्यार्थी आफैले राम्रो पढाई हुने सगरमाथा सेकेण्डरी स्कुल खोज्ने वातावरण हामीले तयार पारेका छौँ, विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनेमा हाम्रो ध्यान केन्द्रीत छ,’ उनले भने ।

सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक शिक्षालाई जोड दिएको यस विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि प्रदान गरिरहेको प्रिन्सिपल थापा बताउँछन् । विद्यार्थीको नेतृत्व विकासका लागि पनि विभिन्न कार्यक्रम हुने गरेका छन् भने खेलकुदका गतिविधि पनि सञ्चालन हुँदै आएका छन् ।

अनुभवी, विषयगत विशेषज्ञता भएका तथा दक्ष शिक्षक रहेको यस विद्यालयमा पारिवारिक वातावरणमा पढाई हुने गरेको छ । प्रयोगात्मक विषयलाई सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय रहेको यस विद्यालयमा भौतिक संरचना पनि उच्चस्तरिय नै रहेको छ । विद्यार्थी केन्द्रीत नविनतम् विधि तथा प्रविधिको प्रयोग गरी पढाइने यस विद्यालयमा विद्यार्थीको प्रतिभा तथा क्षमता प्रस्फुटनका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम हुने गरेका छन् । यसले विद्यार्थीलाई थप हौसला तथा प्रेरणा मिल्ने गरेको छ ।

अहिलेको प्रतिष्पर्धात्मक विश्वमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा सगरमाथाको महत्वपूर्ण भूमिका छ । विद्यार्थीलाई आत्मविश्वासी बनाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने, करियरका बारेमा मार्गदर्शन प्रदान पनि विद्यालयले गर्दै आएको छ । बिहान र दिउँसो गरी २ सत्रमा कक्षा सञ्चालन हुने गरेका छन् । प्लस टुमा सगरमाथामा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या धेरै भएका कारण विद्यालयले प्रवेश परीक्षामार्फत विद्यार्थी छनौट गर्दै आएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.