विद्यार्थीको रोजाईमा पर्न सफल सगरमाथा सेकेन्डरी स्कूल

‘विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने हैसियतका विद्यार्थी उत्पादन गर्न सक्षम छौं’ धनबहादुर थापा (प्राचार्य)

देशभरकै अब्बल विद्यालयमा रहेको सगरमाथा सेकेन्डरी स्कूल पोखरा तथा आसपासका क्षेत्रले सम्झने निर्विकल्प नाम हो । गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गरी शैक्षिक तथा प्रशासनिक रूपमा अनुभवी व्यक्तिको समूहले सन् २००० मा विज्ञान विषय अध्यापन गर्ने गरी सञ्चालनमा आएको सगरमाथाले सन् २००२ बाट व्यवस्थापन संकायको पनि शुरुवात गरेको छ । स्थापनाकालदेखि नै विद्यालय पोखरा तथा गण्डकी क्षेत्रमा उत्कृष्ट बन्न सफल छ भने नेपालभर उत्कृष्ट दश भित्र पर्दै आएको छ । सगरमाथाले मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको छ ।

प्लस टु मा विज्ञान र व्यवस्थापन अध्ययन गर्न चाहने विद्यार्थीको पहिलो रोजाई बन्न सफल छ सगरमाथा स्कूल उत्कृष्ट बन्न सफल भएकै कारण विद्यालयले विभिन्न अवार्ड पनि प्राप्त गरेको छ । विद्यार्थीलाई शैक्षिक रूपमा मात्र नभई सामाजिक रूपमा पनि सफल बनाउने तथा ज्ञान दिने उद्देश्यका साथ विद्यालय स्थापना गरिएको हो । विश्वमा नै प्रतिस्पर्धा गर्नसक्ने खालका विद्यार्थी विद्यालयले उत्पादन गरिरहेको छ । सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक शिक्षालाई जोड दिएको यस विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि प्रदान गरिरहेको विद्यालयको भनाइ छ ।

सगरमाथामा उत्पादनको रूपमा रहेका विद्यार्थीले आफ्नो पेशामा उत्कृष्टता कायम गर्दै आएका छन् । शिक्षक, विद्यार्थी र अभिभावक सबैको सन्तुलित विश्वास बोक्न सफल यस स्कुलले गुणस्तरीयतालाई प्राथमिकतामा राख्दै आएको स्कुलका प्राचार्य धनबहादुर थापा बताउँछन् । ‘हाम्रो पहिचान नै गुणस्तर हो, हाम्रो विद्यालयमा अध्ययन पूरा गरेर विभिन्न क्षेत्रमा हासिल गरेको अब्बलता यसका प्रमाण हुन्, यसकै आधारमा अभिभावको निरन्तर विश्वास समेत प्राप्त गर्न सकेका छौं ।’ विज्ञान र व्यवस्थापनको अध्ययनलाई प्राथमिकतामा राख्दै आएको यस विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थी डक्टर, नर्स, इन्जिीनियर , सीए, निजामती सेवा लगायतमा स्थापित हुँदै आएको प्राचार्य थापा बताउँछन् ।

jutta mela

त्यस्तै अमेरिका,क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकमा छात्रवृत्तिमा नाम निकालेर विद्यालयको गरिमालाई कायम राखेको उनको भनाइ छ । लामोसमय देखि शिक्षा क्षेत्रमा योगदान दिएका र विद्यालयको व्यवस्थापक र सञ्चालक आफै अध्ययापनमा खट्ने हुँदा विद्यालयको गरिमा खस्कन नदिएको उनको भनाइ छ । सगरमाथामाले दुई दशकअघिदेखी विज्ञान र व्यवस्थापनमा कक्षा सञ्चालन गर्दै आएपनि यसवर्षदेखी होटल म्यानेजमेन्ट समेत अध्यापनको तयारी गरेको छ । विज्ञान संकायमा दिवासत्रमा १६० र व्यवस्थापनमा दिवा र विहानी सत्रमा गरी २८० जना विद्यार्थी भर्ना लिने विद्यालयको योजना छ । पोखरा—४ बागलुङबसपार्कमा सगरमाथाले यसै शैक्षिकसत्रदेखी आफ्नै अत्याधुनिक भवनबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीहरूका लागि पर्याप्त मात्रमा शान्त वातावरण, फराकिलो खेलमैदान, अत्याधुनिक सुविधा सम्पन्न भवन, प्रयोगशाला, ई–लाइब्रेरी विद्यार्थीको लागि उपलब्ध छन् ।

अनुभवी, विषयगत विशेषज्ञता भएका तथा दक्ष शिक्षक रहेको यस विद्यालयमा पारिवारिक वातावरणमा पढाई हुने गरेको छ । प्राक्टिकलका लागि सुविधा सम्पन्न ल्याव, अध्ययनका लागि पुस्तकालय रहेको यस विद्यालयमा भौतिक संरचना पनि राम्रो छ । विद्यार्थी केन्द्रित नविनतम् विधि तथा प्रविधिको प्रयोग गरी पढाइने यस विद्यालयमा विद्यार्थीको प्रतिभा तथा क्षमता प्रस्फुटनका लागि विभिन्न प्रतियोगिता तथा कार्यक्रम पनि हुने गरेका छन् । यसले विद्यार्थीलाई थप हौसला तथा प्रेरणा मिल्ने गरेको छ ।

अहिलेको प्रतिस्पर्धात्मक विश्वमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा सगरमाथाको महत्वपूर्ण भूमिका छ । विद्यार्थीलाई आत्मविश्वासी बनाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने, करियरका बारेमा मार्गदर्शन प्रदान पनि विद्यालयले गर्दै आएको छ । बिहान र दिउँसो गरी २ सत्रमा कक्षा सञ्चालन हुने गरेका छन् । प्लस टुमासगरमाथामा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या धेरै भएका कारण विद्यालयले प्रवेश परिक्षामार्फत विद्यार्थी छनोट गर्दै आएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

 

You might also like

Comments are closed.