चापापानी सिद्धार्थ सहकारीको संस्थाको प्रशिक्षण सम्पन्न

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको सहकारी शिक्षा तालिम तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा तालिम तथा बनभोज कार्यक्रमका प्रमुख अतिथि भुमि ब्यबस्था कृषि सहकारी तथा गरीवी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्टारको कार्यालयका रजिष्टार तथा प्रवक्ता चोलाकान्त वाग्लेले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै अहिले बजारमा जुन नाफाको पछि सहकारीहरू हिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्ता सहकारीहरू जोखीममा रहेका बताउदै सहकारीले धेरै निक्षेप संकलन गर्देमा सहकारी राम्रो नहुने बताए ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश बहादुर कार्कोले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताउदै सहकारीलाई आगामी दिनमा खराब ऋणलाइ कानुनी उपचार गरी उठाउन लागीएको बताए ।

jutta mela

कार्यक्रममा दैवि प्रकोपमा परेकी सेयर सदस्य अग्नी पिडित योगमाया गुरूङलाई कल्याणकारी कोषबाट बिस हजार तथा सहकारीले सामाजिक उतरदायित्व अन्तरग चापापानी आमा समुहको भवन निर्माणको लागी पन्ध्र हजार सयोग गरेको थियो ।

चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश बहादुर कार्कोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव श्याम प्रसाद साँखीले कार्यक्रम सन्चालन गरेका थिए भने सहकारीका सहसचिव तथा कार्यक्रम संयोजक दिपक काकीृले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सहकारीकी व्यवस्थापक करुणा शाहीले सहकारीका सात सिद्वान्त बाचन गरेकी थिइन् ।

You might also like

Comments are closed.