‘दीर्घकालिन वचतलाई ब्राण्डिङ गर्दै आदर्श सञ्चार सहकारी’

काठमाडौं । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सहकारीमा दीर्घकालिन वचतको ब्राण्डिङ गर्दै आएको छ ।
ग्लोवल मनि विक २०२३ अन्तरगत शनिवार संस्थाले आयोजना गरेको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा संस्थाले एक दशकदेखि दीर्घकालिन वचत अभियान सञ्चालन गरेको र पछिल्लो समय यसको ब्राण्डिङमा लागेको जानकारी दिइएको हो ।

सहकारीमा विभिन्न खालका वचत अभियानहरु सञ्चालन गरिन्छ, सहकारीका सदस्यहरुले पैसा भएको समयमा वचत गर्ने र आवश्यक रहेको समयमा पैसा झिक्नका लागि मात्रै सहकारीले वचत गर्ने होइन, संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले भनिन्,‘सहकारीमा अन्य वचत आवश्यकता पर्दा झिक्ने हुनुपर्छ तर दीर्घकालिन वचत अति आवश्यक पर्दामा मात्रै झिक्ने गरी सञ्चालन गर्नु पर्छ ।’

आदर्श सञ्चार सहकारी संस्थाले पछिल्लो समय दीर्घकालिन वचतलाई सदस्यको स्थिर सम्पत्तीका रुपमा विकास गर्ने अभियान बनाएर अगाडि बढीरहेको उनले जानकारी दिए ।संस्थाले सदस्यहरुका लागि विभिन्न खालका वचत अभियान सञ्चालन गरेको छ, त्यस मध्ये मासिक न्यूनतम १ सय रुपैया वचत गर्ने दीर्घकालिन खाताको रकमलाई स्थिर सम्पत्तीका रुपमा राख्ने गरी अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिइन् ।

jutta mela

सहकारीमा पैसा राख्ने र झिक्ने मात्रै होइन, एउटा खातालाई नियमित वचत गर्ने र स्थिर सम्पत्तीका रुपमा राख्ने गर्नाले संस्थाको दिगोपना हुनुका साथै सदस्यहरुको रकम वचत हुने भएकाले संस्थाले दीर्घकालिन वचतको अभियान सञ्चालन गरेको र त्यसलाई ब्राण्डिङ गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष जिसीले बताइन् ।युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले आम्दानी बढाउन, खर्च घटाउन र नियमित वचतका लागि वित्तीय साक्षरता कार्यक्रम आवश्यक रहेको बताइन् ।

“अहिलेको अवस्थामा विलासी आवश्यकतालाई घटाउदै लैजान आवश्यक छ, पहिला खर्च गरेर बाँकी रहेको रकम बचत गर्ने गरेका थियौ, अब आम्दानी गरेको रकमको केही बचत गरेर बाँकी रहेको रकम खर्च गर्न आवश्यक छ, एउटा मानिसले महिनाभर गर्ने आम्दानी र खर्चको हिसाव राख्न नसक्दा आर्थिक नोक्सानी हुने गरेको पाइयो” जिसीले भनिन् । “अरुको देखेर खर्च गर्ने भन्दापनि आम्दानी र परिवारको अवस्था हेरेर खर्च गर्न आवश्यक छ ।”

आर्थिक व्यवस्थापन गर्न नसक्दा कतिपयको परिवार समेत विग्रिएको उदारण दिदै जिसीले आम्दानी, खर्च र बचतको व्यवस्थापन गर्न सके जीवन आर्थिक रुपमा सहज हुने बताइन् ।प्रत्येक व्यक्ति र परिवारले आम्दानी कति भयो, खर्च कति भयो र वचत भयो कि भएन भनेर जानकारी लिनका लागि वित्तीय साक्षरताले सहयोग गर्ने भएकाले सबैलाई वित्तीय साक्षरताका बारेमा जानकारी गराउनु पर्नेमा जिसीले जोड दिएकी थिइन् ।

वित्तीय साक्षरता समुदाय र वित्तीय संस्था दुवैका लागि फाइदाजनक रहेकाले सबैले वित्तीय ज्ञान लिन आवश्यक रहेको बताउदै जिसीले पैसाको उचित व्यवस्थापनका लागि वित्तिय साक्षरता अनिवार्य रहेको बताइन् ।युवा वर्गका लागि वित्तीय साक्षरता अभियानले कुलतमा फस्ने लगायतका समस्याको समाधान गर्न सहयोग पुग्ने उनको भनाई थियो ।

नेपाल राष्ट्र बैंकको समन्वयमा चैत ६ देखि १२ गतेसम्म मनाउन लागिएको ग्लोवल मनि विक २०२३ अन्तरगत सहकारी विभागले सबै सहकारी संघ संस्थाहरुलई युवा लक्षित वित्तीय साक्षरता अभियान सञ्चालन गर्न आव्हान गरेको छ । सोही अनुसार आदर्श सञ्चार सहकारीले सहकारीका युवा सेयर सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुको अध्यक्षता, सचिव सरस्वती खड्का परियारको सञ्चालन र संस्थाका सञ्चालक तथा शिक्षा उप–समितिका संयोजक अम्बिका जिसीको स्वागतमा सम्पनन भएको हो ।संस्थामा हाल तीन हजार ४०० जना शेयर सदस्य, ६ करोड सेयर पूजी, ३१ करोड वचत, ३८ करोड कर्जा लगानी र ४५ करोड कुल पूँजि रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

You might also like

Comments are closed.