सहारा क्लबले स्पोटर्स अवार्डलाई सघाउने

पोखरा । सहारा क्लब पोखराले छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सघाउने भएको छ । बिहीबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदयमान खेलाडीको पुरस्कार प्रायोजन गर्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । उदयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर असार १८ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७८ कार्यक्रममार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव पौडेलले बताए । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ ।

jutta mela

त्यस्तै, सहारा क्लब पोखरा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच ओलम्पिक दिवसको अवसर पारेर बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगीतासमेत आयोजना गरिएको छ । सहारा फुटवल एकेडेमी दोविल्लामा आयोजना भएको प्रतियोगीता १–१ को बराबरीमा सम्पन्न भयो ।

खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तर्फबाट टिम क्याप्टेन सुरज श्रेष्ठ र सहारा क्लबको तर्फबाट राजु हमालले गोल गरेका थिए । एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जितले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेको प्रतियोगीतामा ओलम्पिक दिवसको बारेमा स्पोटर्स फर अल कमिटी गण्डकीका अध्यक्ष खड्गबहादुर रानाभाटले प्रकाश पारेका थिए । ओलम्पिक दिवस २३ जुनमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्वभर मनाइन्छ ।

You might also like

Comments are closed.