‘साहारा हस्पिटालिटी’मा झन्डै सय जनालाई रोजगारीको अवसर

काठमाडौं । साहारा ग्लोबल बिजनेस ग्रुप अन्तर्गतको ‘साहारा हस्पिटालिटी’मा झन्डै एक सय जनालाई रोजगारीको अवसर खुलेको छ । सिन्धुपाल्चोक र काठमाडौंको सिमानास्थल भोटेचौरमा सञ्चालनमा आउन लागेको रिसोर्टका लागि रोजगारीको अवसर खुलेको हो । रिसोर्टले फुल टाइम र पार्ट टाइम गरी विभिन्न पदमा आवेदन आह्वान गरेको छ । रिसोर्टमा काम गर्न चाहनेहरुले आफ्नो बायोडाटासहित डकुमेन्ट इमेल गर्न सक्नेछन् ।

कुन-कुन पदमा दिन सकिन्छ आवेदन ?

  • Sahara hospitality under Sahara global business group is looking for :
  • -Executive Housekeeper- 1
  • – Assistant Housekeeping Manager -3
  • – Assistant Director of Finance- 1
  • – Director of Luxury Leisure Sales -1
  • – Director of Events -1
  • – Group Sales Manager -5
  • – Guest Services Manager -3
  • – Assistant Rooms Manager -16
  • – Writer’s Room Lounge Manager (F&B) -5
  • – Assistant Food & Beverage Manager (Outlets) – 3
  • – Assistant Food & Beverage Manager (Event Services) – 2
  • – VIP /Lead Host – 2
  • – F&B Service – 1
  • – Writer’s Room Server Assistant (Full Time) -5
  • – Writer’s Room Server Assistant (Part Time) -15
  • – Writer’s Room Bartender (Part Time) -5
  • – Writer’s Room Greeter (Part Time) – 5
  • – Pastry Sous Chef – 1
  • – Pastry Chef – 2
  • – Cook – 5
  • – Part Time Cook -5
  • – Intermediate Line (Full Time) Cook -3
  • – Entry Level (Full Time) -12
  • – Pastry Cook (Part Time) – Overnight Bread Baker 10
  • – Steward/Dishwasher – Part Time – 3
  • – Front Office Agent -5
  • – Communication Agent -3
  • – Door Attendant -12
  • – Valet Attendant Full Time -5
  • – Valet Attendant- Part Time -10
  • – Executive and Sales Assistant -5
  • – Security Officer (Full Time) -12
  • – General Maintenance Engineer -2
  • – Massage Therapist -5
  • – HR Manager -1
  • – Accountant -1
  • – Accountant (VAT D Dep.) -1
  • – Gardner -2

SEND YOUR CV:  To, [email protected], [email protected]

Baneshwor-10 Kathmandu

युवा व्यवसायी सुदर्शनराज शर्माको लगानीमा रिसोर्ट सञ्चालनमा आउन लागेको हो । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको सुरुवात गर्ने तयारी सहित थ्रि स्टार लाइसेन्ससमेत लिएर शर्माले अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने गरी रिसोर्ट निर्माण गरेका हुन् ।

रिसोर्टमा ८० वटा रुम छन् । थप १६ वटा भिल्लाको व्यवस्था छ । ‘एक रातमा २ सय जना पाहुनालाई रिसोर्टमा आवासीय सुविधा प्रदान गर्न सक्छौं,’ उनले भने । रिसोर्टमा सभा, सेमिनार, मिटिङ तथा गोष्ठी गर्नका लागि ३ वटा हलको सुविधा पनि उपलब्ध छ ।

पर्याप्त खुल्ला क्षेत्र तथा पार्किङको सुविधा रहेको रिसोर्टमा डे कार्यक्रम गर्नका लागि १ हजार भन्दा बढी व्यक्तिलाई सेवा प्रदान गर्न सकिने शर्माले जानकारी दिए । ‘काठमाडौंबाट नजिकको दुरीमा हामीले पर्यटकलाई जंगल रिसोर्टको मज्जा उपलब्ध गराउँछौं,’ शर्माले भने, ‘शान्त तथा पारिवारिक वातावरण मन पराउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा रिसोर्ट पर्नेमा हामी विश्वस्त छौं ।’

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...