सजिलो सहकारीको उत्प्रेरणा तालिम, भित्तेपात्रो विमोचन तथा मोवाइल एप्स शुभारम्भ

पोखरा । सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १९, लामाचौरको आयोजनामा संस्थाको कार्यसमिती, कर्मचारी तथा विभिन्न उप समितिहरुका लागि एक दिने उत्प्रेरणा तालिम सम्पन्न भएको छ ।

उक्त अवसरमा सहकारीले २०७९ सालको भितेपात्रोको अनावरण साथै मोबाइल एप्स शूभारम्भ समेत गरेको छ । कार्यक्रममा प्रमूख अतिथि पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितीका अध्यक्ष तेज नारायण अधिकारी, संस्थाका संस्थापक अध्यक्ष रविमान सिंह भण्डारी, नव आदर्श सामुदायिक बिकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

उत्प्रेरणा तालिममा मोटिभेसनल स्पिकर, कर्पोरेट एक्सर्पट तथा लाइफकोच रविन कटुवाल ले करिब ४ घण्टा आफ्नो प्रस्तूती सहित उत्प्रेरणाको वर्कसपको समेत सञ्चालन गरि उपस्थित व्यक्तिहरु लाई सहकारी लगायत पेशा प्रतिको लगाव विषयमा आफ्नो भनाइ प्रस्तुत गरेका थिए । सल्लाहकारको तर्फवाट गिरिधारी शर्माले शूभकामना मन्तव्य प्रस्तूत गरेको कार्यक्रममा बिशेष अतिथि द्धयले सहकारीबाट सम्पादित कार्यहरु गूणस्तर रहेको र आगामि दिनहरुमा पनि सहकारीले उच्च स्तरिय सेवा प्रदान गर्न सफल रहोस् भन्ने शूभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमूख अतिथि तेज नारायण अधिकारीले सहकारीले स्थापनाको छोटो अवधिमा नै बिभिन्न कार्यक्रमहरु गरि आफ्ना शेयर धनिहरु लाई विभिन्न किसिमका सेवा सूबिधा दिएकोमा खूशि व्यक्त गरे । प्रतिस्पर्धात्मक आजको यूगमा सहकारीलाई सूचना प्रबिधि मैत्रि बनाउन शूभारम्भ गरिएको मोबाइल एप्सले सहकारीको बिकासमा कोसेढूङ्गा साबित हूने उनले बताए ।

कार्यक्रम संयोजक तथा कार्यसमिति सह सचिव दिनेश भण्डारीले कार्यक्रम माथि प्रकाश पार्नू भएको कार्यक्रम, सहकारीका सचिव तेज प्रसाद अधिकारीले संचालन गरेका थिए । सहकारीका अध्यक्ष अजय भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमा धन्यवाद ज्ञापन गर्दै सहकारीका पछिल्ला प्रगतिका सूचांकहरुको जानकारी दिएका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.