काठमाडौं । सेल्सबेरीले वार्षिकोत्सवका अवसरमा छुट अफर योजना ल्याएको छ । सेल्सबेरीले स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा लागेको अवसरमा ग्राहकले सेल्सबेरीका स्टोरहरुबाट आकर्षक छुटमा सामान पाउने कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवका असरमा कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा तथा उचित मूल्यलाई सधैं प्राथमिकतामा राखेर सेल्सबेरीले व्यवसाय गर्नेछ ।’
सेल्सबेरीका अनुसार फागुन ३ गतेदेखि सुरू भएको छुट अफर २० गतेसम्म रहनेछ । २०५० सालमा पोखराका चिप्लेढुङ्गामा स्थापना भएको सेल्वेजले पछि लेकसाइडमा शाखा विस्तार गरेको थियो ।
पोखराका विभिन्न ठाउँहरूमा आधुनिक सपिङको आभास दिइरहेको सेलवेज अहिले काठमाडौं उपत्यकामा पनि फैलिएको छ । हालसम्म सेल्सबेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये ५ वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार छन् । अहिले ६०० जनालाई प्रत्यक्ष रोजगारी पाइरहेका कम्पनीले बताएकाे छ । २०८० मा कम्पनीले पोखरामा थप २ वटा तथा काठमाडौंमा ४ वटा शाखा विस्तारको तयारी गरिएको जनाएको छ ।सेल्वेज ग्रुपका अनुसार काठमाडौंको महाराजगन्जमा बनेको अत्याधुनिक सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर आगामी वैशाखबाट सञ्चालनमा ल्याउने तयारी छ ।
वि.सं. २०८२ सम्म शाखा संख्या ५० पुर्याउने र कम्तिमा १२ सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । सेल्सबेरीले अहिले विभिन्न ५०० भन्दा बढी कम्पनी तथा सप्लायर्सबाट १ लाख बढी भेराइटीका सामाग्री ग्राहकसमक्ष उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.