सेल्सबेरी र सेलवेजमा आकर्षक छुटसहित क्रिसमस र न्यु इयर अफर

काठमाडौं । सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले क्रिसमस र न्यु इयर अफर ल्याएको छ । डिपार्टमेन्टल स्टोर्समा सपिङ गर्ने ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने गरी अफर ल्याइएको सेलवेज ग्रुपले जनाएको छ ।

यो अफर जनवरी १ सम्म लागु हुने बताइएको छ । काठमाडौं उपत्यकामा सेल्सबेरीका सम्पूर्ण शाखाहरु तथा पोखरामा सेलवेजका सबै शाखामा यो अफर लागु हुनेछ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै अफर ल्याइएको बताइएको छ । खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहित अन्य सामानहरुमा आकर्षक छुट प्रदान हुनेछ ।

सेल्सबेरी र सेलवेजले यस अगाडि पनि विभिन्न अफरहरु ल्याउँदै आइरहेको थियो । आगामी दिनमा पनि यस्ता अफरलाई निरन्तरता दिने सेलवेज ग्रुपले जनाएको छ ।

सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट खाद्य पसलका रुपमा व्यावसायिक यात्रा सुरुवात गरेको सेलवेजले अहिले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा आधुनिक सुपरमार्केटहरुबाट सेवा प्रदान गरिरहेको छ । सन् २००४ बाट काठमाडौं प्रवेश गरेको सेलवेज सन् २०१४ बाट सेल्सबेरी नामबाट पनि सञ्चालनमा आएको हो । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् ।

काठमाडौंमा सातदोबोटो, सीतापाइला, महाराजगन्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेल्सवेरीले सेवा प्रदान गर्दै आइरहेको छ । पोखरामा चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली, बगर, शान्तिनगरबाट सेलवेजले सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.