‘लेखनाथ महोत्सव २०८१’लाई ‘सलिको’को साथ

लेखनाथ । कास्कीको लेखनाथमा हुने ‘लेखनाथ महोत्सव २०८१’को तयार तिब्र बनाइएको छ । दर्शकको अत्याधिक आकर्षण रहने महोत्सवको प्रायोजन सम्झौतालाई पनि अन्तिम चरणमा पुर्याएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

यसैक्रममा महोत्सवको सहप्रायोजकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले साथ दिएको संघका महासचिव तथा प्रचारप्रसार संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

महोत्सव यही पुस २८ बाट माघ १ गतेसम्म डाँडाकोनाकमा सञ्चालन हुनेछ । सलिकोले बिगतमा पनि लेखनाथ महोत्सवलाई साथ दिदै आइरहेको छ ।

महोत्सवमा ३३६ वटा स्टलमध्ये अटो प्रदर्शनी स्टल ६, शैक्षिक तथा ग्रामीण प्रविधि प्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड वेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खाना महोत्सव १७, बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहनेछन् ।

 

You might also like

Comments are closed.